काठमाडौं । संघीय सरकारको मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले दुई प्रहरीका एआईजीको संख्या कटौती गर्ने निर्णय गरेको छ ।
बैठकले सशस्त्रमा दुई र नेपाल प्रहरीमा प्राविधिकबाहेक तीन जना मात्र एआईजी रहने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिएका हुन् ।
बैठकको निर्णयअनुसार अब प्रदेशमा डीआईजी राखिनेछ भने महानगरमा एआईजी राखिनेछ । यसअघि प्राविधिकसमेत गरी १६ जनासम्म एआईजी रहनपुगेको थियो ।
बैठकको निर्णयबमोजिम अब सशस्त्र प्रहरीमा दुई जना मात्र एआईजी रहनेछन् ।