काठमाडौँ । भारतीय क्रिकेट टिमका कप्तान इन्जुरीका कारण काउन्टी क्रिकेट खेल्न नपाउने भएका छन् ।
सुररेबाट यस सिजनको काउन्टी क्रिकेट खेल्ने योजना बनाएका कोहलीले नेक इन्जुरीका कारण नखेल्ने भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जानकारी दिएको छ ।कोहली तीन हप्ता मैदान बाहिर हुने बोर्डले जानकारी दिएको छ ।
राष्ट्रिय टिमबाट अफगानिस्तानविरुद्धको ऐतिहासिक टेस्ट छोडेर काउन्टी क्रिकेट खेल्न जान लागेको भन्दै कोहलीको आलोचना भइरहेको बेला उनि घाइते भएपछि खेल्न नपाउने भएका हुन् ।
क्रिकेट बोर्डले कोहलीले भारतको आयरल्याण्ड र इङल्याण्डको टुर भन्दा अगाडी जुन १५ मा फिटनेस टेस्ट दिने उल्लेख गरेको छ ।
आइपिएल खेलका क्रममा कोहली गत मे १७ मा हैदरावादविरुद्ध फिल्डीङ गर्दा घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
कोहलीले जुन महिना भरी सुररेसँग खेल्ने गरि सम्झौता गरेको भएपनि राष्ट्रिय टिमको सेड्युलसँग बाझिएको थियो ।