• २०८१ बैशाख १७ सोमबार

मोदी विरोधी ह्यासट्याग ट्वीटरमा ट्रेण्ड गर्दै 

kharibot

काठमाडौं । आगमी बैशाख २८ र २९ गते नेपालको राजकिय भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा प्रयोगकर्ताहरुले #BlockadeWasCrimeMrModi ट्रेण्ड गराइरहेका छन् । धेरैजसो ट्वीटर प्रयोगकर्ताले मोदीले नेपालको संबिधान जारीताका असन्तुष्टी देखाएर नेपाल माथि  ‘नाकाबन्दी’ गरेर अपराध गरेको भन्दै नेपालीहरुसँग माफी माग्नुपर्ने उल्लेख गरेका छन् ।

तेस्रो पटक नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको जनकपुर, काठमाडौं र मुक्तीनाथमा नागरीक अभिन्नदन हुनेभएपछि सामाजिक सञ्जालमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको समेत विरोध भएको छ ।

नाकाबन्दीमा भारतको विरोध गरेर आफ्नो राजनीतिक यात्रा बलियो बनाएका प्रधानमन्त्री ओली अहिले भारतसँग लम्पसार परेको आरोप सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले लगाएका छन् ।
मोदीलाई २८ गते जनकपुर उप—महानगरपालिका र २९ गते काठमाडों महानगरपालिकाले नागरीक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका राष्ट्रपती विदेयादवी भण्डारी लगायत विभिन्न दलका नेतासँग भेट्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै