• २०८१ बैशाख १६ आइतबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाको सय बर्षको उमेरमा निधन

kharibot

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदीको निधन भएको छ ।

प्रधानमन्त्री मोदीले आफ्नी आमाको निधन भएको जानकारी दिएका हुन् । उनले सामाजिक संजाल मार्फत एक शानदार शताब्दीको ईश्वरको चरणमा विराम भएको उल्लेख गरेका छन् ।

मोदीले लेखेका छन्- 'एक गौरवशाली शताब्दी भगवानको चरणमा विराम... आमामा मैले सधैं त्यो त्रिमूर्ति महसुस गरेको छु, जसमा तपस्वीको यात्रा, निस्वार्थ कर्मयोगीको प्रतीक र मूल्य मान्यतामा प्रतिबद्ध जीवन रह्यो ।'

हीराबेन सय बर्षको उमेरमा निधन भएको हो । उनी अस्वस्थ भएपछि केहि दिनअघि मात्र अहमदावादस्थित अस्पताल भर्ना गरिएको थियो ।  

गत जुन १८ मा मोदीले आफ्नी आमाको १००औ जन्मदिन मनाएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै