• २०८१ बैशाख १३ बिहीबार

प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ किन धर्नामा बस्दै छन् ?

kharibot

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद मोदीले मंगलबार दिल्लीको जन्तर मन्तरमा विभिन्न मागका लागि धर्ना दिने भएका छन् ।

प्रह्लाद मोदी 'अल इन्डिया फेयर प्राइस शप डिलर्स फेडरेशन' का उपाध्यक्ष पनि हुन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार एआईएफपीएसडीएफले एक विज्ञप्तिमा धर्नापछि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने बताएको छ । सदस्यहरूले बुधबार लोकसभा अध्यक्ष ओम बिरलालाई भेट्ने योजना बनाएका छन् ।

एआईएफपीएसडीएफका अन्य सदस्यहरूसँग प्रह्लाद मोदीले जन्तर मन्तरमा धर्ना दिनेछन् ।

उनीहरुले चामल, गहुँ र चिनीमा भएको नोक्सानीको क्षतिपूर्तिसहित नौवटा मागहरू छन् । नि:शुल्क वितरणको ‘पश्चिम बङ्गाल रासन मोडल’ देशभर लागू गर्नुपर्ने माग पनि छ  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै