• २०८१ बैशाख १६ आइतबार

नरेन्द्र मोदीको ट्वीटर एकाउन्ट ह्याक

kharibot

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर एकाउन्ट ह्याक गरिएको छ । गएराती २ बजेर ११ मिनेट जादा मोदीको ट्वीटर एकाउन्ट आफ्नो नियन्त्रणमा लिएर बिटक्वाइनसँग सम्बन्धित ट्वीट गरिएको थियो ।

जसमा भारतमा अब आधिकारिक रुपमा बिटक्वाइन स्वीकार गरिने उल्लेख छ । साथै ट्वीटमा सरकारले अब आधिकारिक रुपमा ५०० बिटक्वाइन किनेर जनतामा बाड्ने समेत उल्लेख गरिएको छ ।

यो ट्वीट केहि मिनेटमै डिलेट गरिएको थियो । मोदीको ट्वीटर एकाउन्ट करिब ४ मिनेटसम्म ह्याकरले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रधानमन्त्रीको कार्यालयले केहि समयको लागि ट्वीटर एकाउन्ट ह्याकरले नियन्त्रणमा लिएको जानकारी गराउदै यस विषयमा ट्वीटरलाई उजुरी समेत गरिएको बताएको छ ।

साथै प्रधानमन्त्रीको कार्यालयले ह्याक गरेर गरिएको ट्वीटलाई नजरअन्दाज गर्न समेत आग्रह गरेको छ । प्रधानमन्त्रीको कार्यालयले यस बारेमा अनुसन्धान भैरहेको बताएको छ ।

मोदीको ट्वीटरमा ७३.४ मिलियन फलोअर रहेका छन् । मोदी विश्वमै सामाजिक सञ्जालमा धेरै फलोअर हुने सिमित व्यक्ति मध्ये एक हुन् ।

बिटक्वाइनसँग सम्बन्धित ह्याकरले यस्तो गरेको अनुमान गरिएको छ । यसअघि विषयका कैयौं चर्चित राष्ट्र प्रमुखहरुको सामाजिक सञ्जाल ह्याक गरेर बिटक्वाइनको प्रचार गर्ने गरिएको थियो । अहिले भारतमा बिटक्वाइनको प्रचलन बढिरहेका बेला र कानुनी मान्यताको बहस चलिरहेका बेला प्रधानमन्त्री कै ट्वीट ह्याक गरेर बिटक्वाइनको प्रचार गरिएको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै