• २०८१ बैशाख १७ सोमबार

बुटबल-बेलहियमा सडकमा १० वटा आकासे पुल बन्दै : आकासे पुल अपाङमैत्री हुने

kharibot

बुटबल देखी बेलहियासम्म निमार्णाधिन ६ लेन सडकमा १० बटा आकासे पुल बन्न सुरु भएको छ । ब्यस्त सडकमा बाटो काटन समस्या भएपछि बुटबल देखी बेलहिया सम्म १० बटा आकासे पुल बन्न थालेका हुन । अहिले सम्म २४ प्रतिशत काम सम्पन्न भएको छ ।

आकाशे पुलका लागि प्रक्रिया सुरु गरि फाउन्डेसनको काम भैसकको छ अबको आगामी असार सम्म आकासे पुल निमार्ण सम्पन्न हुने छन । फाउन्डेशन तयार भएको छ पुललाई चाहिने बिम तयार भएको छ बुटबलको औद्योगीक क्षेत्रमा बिम रहेको छ ल्याउने तयारी भएको ले हामीले भनेकै समयमा काम सम्पन्न हुने परियोजनाले जनाएको छ ।

एक पुल निमार्ण गर्न १ करोड २५ लाख रुपैया लाग्ने ब्यापारीक मार्ग बिस्तार आयोजनका ईन्जिनीयर लीला बहादुर भन्डारीले बताए । पुल निमार्णको ठेक्का महेश निमार्ण कम्पनी नबलपरासीले लिएको छ । १० बटा पुल निमार्णको लागी १३ करोड बजेट बिनियोजना भएको ईन्जिनीयर भन्डारीले बताए ।

आकाशे पुल भैरहवामा ३ मध्ये आखा अस्पताल र बसपार्कमा १ देबकोटा चोकमा र बर्मेलीचोकमा १ गरि ३ बटा पुल रहने छन बुटबलमा डाईभरटोल योगीकुटी, कालिकास्कुल राजमार्गचौराह, मिलनचोक र ट्राफीकचोक र अञ्चल अस्पताल अगाडी बन्ने भएको छन ।

बन्नलागेका पुलअपाङ वालबालिकाको लागी सहज होस भनेर अपाङमैत्री पुल बनाउन लागेको ईन्जिीनियर भन्डारीले बताए । पुलको ३४ मीटर लम्बाई र ५ मिटर उचाई रहेको छ ।

बुटबल भैरहवामा निमाणधिन रहेको यो सडकबिभिन्न कारणले निमार्णमा ढीलाई भएको छ अहिले सम्म ६० प्रतिसत काम भएको आयोजना का ईन्जिनियर भन्डारीले बताए । ५ अर्ब ६८ करोड मध्ये अहिले सम्म ३ अर्व भन्दा बढी खर्च भएको ईन्जिनियरले वताए ।

अबको २४ महिना भित्र काम सम्पन्न गर्ने लक्ष्य भएको ले काम तिब्र गतिमा अघि बढेको छ । बुटबल भैरहवा सम्म निमार्ण कार्य सम्पन्न भएपछि २७ किमी सडक पार गर्नको लागी १५ मिनेट लाग्ने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय