• २०८१ बैशाख ७ शुक्रबार

नेपाल चेम्बर र भियतनाम चेम्बरले गरे समझदारीपत्रमा हस्ताक्षर 

kharibot

काठमाडौं । नेपाल चेम्वर अफ कमर्स र भियतनाम चेम्वर अफ कमर्स एण्ड इन्डष्ट्रीवीच दुई पक्षीय समझदारीपत्र (कोअपरेशन एग्रिमेन्ट) मा मंगलबार हस्ताक्षर भएको छ । 

समझदारीपत्रमा नेपाल चेम्वरकोतर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठ र भियतनाम चेम्बरको तर्फबाट अध्यक्ष डा. भु तिन लकले मंगलबार उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

अप्रिल ११ देखि १४ (चैत्र २८ गतेदेखि वैशाख १ गते) सम्म हुने चारदिने २८ औ भियतनाम इन्टरनेशनल ट्रेड फेयर (भियतनाम एक्स्पो)मा सहभागी हुन चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय एक प्रतिनिधिमण्डल त्यसतर्फ रहेका छन् । 

हस्ताक्षरमा नौ वटा बुँंदाहरु छन् । नेपाल र भियतनाम दुई देशवीचको आर्थिक तथा  व्यापारिक अभिबृद्धिका लागि सूचनाको आदानप्रदान गर्ने, दुई देशका प्रतिनिधिमण्डलहरुबीच अनुभबन आदानप्रदानका लागि भ्रमण गर्नेलगायतका बुँंद्धाहरु छन् । 

साथै दुवै देशको आर्थिक बृद्धिका लागि वैदेशिक व्यापार तथा लगानी अभिबृद्धिकाबारेका नीतिनियमहरुबारे सूचना आदानप्रदान गर्ने, व्यापार तथा प्रविधि मेलाहरुमा सहभागिता जनाउनेलगायका बुँंदाहरु उल्लेख छन् ।

समझदारीपत्रले दुई देशवीचको व्यापार अभिबृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको चेम्बरका प्रमुख कार्यकारी अधिकृत कैलाश कुमार बजियमले जनाएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै