• २०८१ बैशाख २१ शुक्रबार

जलविद्युतमा साना लगानी र पर्यटक आर्कषित गर्न नवनियुक्त राजदूत शर्मालाई चेम्बरको आग्रह

kharibot

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पर्यटन आर्कषण र लगानी मार्फत भारतसंगको व्यापार घाटा न्यूनीकरण गर्न नवनियुक्त राजदूत शंकर शर्मालाई सुझाव दिएको छ । 

भारतका लागि नवनियुक्त राजदूत शर्मासंग जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा चेम्बरले जलविद्युत क्षेत्रमा भारतीय निजी क्षेत्रको लगानी भित्र्याउनका लागि पहल गर्न आग्रह गरेको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले भारतसंगको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि जलविद्युत तथा सेवा क्षेत्रमा भारतीय लगानी आर्कषित गर्नुपर्नेमा जोड दिए । 

मल्लले भने, ‘समग्र आयातको ६५ प्रतिशत हिस्सा भारतले ओगटेको छ । निर्यातको हिस्सा पनि सवैभन्दा धेरै भारतसंगै  ७५ प्रतिशत छ । चालु आर्थिक वर्षको ८ महिनामै भारतसंग व्यापारघाटा ६ खर्व ७९ अर्व रुपैयाँ पुगिसकेको छ । व्यापारघाटा कम गर्ने एक मात्रै बिकल्प भारतीय लगानी मार्फत उत्पादन वृद्धि र पर्यटन आवगमन बढाउनु हो, ।’

सबै भन्दा नजिकको छिमेकी भारतमा रहेका १ अर्व ३८ करोड जनसंख्याको शुन्य दशमलव २५ प्रतिशत जनसंख्यालाई मात्रै पनि नेपालको भ्रमणमा ल्याउन सकिने हो भने नेपालले धरै फाईदा लिन सक्ने अध्यक्ष मल्लको भनाई छ । मध्यम र उच्च आय भएका भारतीय नागरिकलाई नेपालमा आर्कषित गर्न सके धरै फाईदा लिन सकिने अध्यक्ष मल्लले बताए ।

राजदूत शर्मासंग अध्यक्ष मल्लले निर्यात सहजिकरण गरीदिन पनि आग्रह गरे। उच्चस्तरीय क्वारेन्टिन ल्याव भन्सारमा नहुँदा भारतबाट आयता निर्यात हुने वस्तुहरुको गुणस्तर मापन हुन नसकेको भन्दै अध्यक्ष मल्लले राजदूत शर्माको ध्यानकर्षण गराए ।

चेम्बरका पदाधिकारीले विशाखापट्नम बन्दरगाह, उडिसाको धर्मा पोर्ट तथा गुजरातको मुन्द्रा पोर्डमा  नेपाली व्यवसायीले अनावश्यक दुःख पाईरहेको गुनासो गरेका थिए । नेपाली सामान बोकेका कन्टेनरहरु लामो समयसम्म रोकिँदा अतिरिक्त भार बढेकाले पारवहन सहजिकरण गरिदिन चेम्बर पदाधिकारीले आग्रह गरेका थिए ।

राजदूत शर्माले व्यापार घाटा न्यूनीकरण र निर्यात सहजिकरण आफ्नो प्राथमिकतामा रहेको बताए । उनले क्वारेन्टीन ल्याव स्थापनका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाए। नेपाल भारत निजी क्षेत्रबीच सहकार्य गराएर लगानी भित्र्याउनका लागि आफुले पहल गर्ने राजदूत शर्माको भनाई छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै