• २०८१ बैशाख १७ सोमबार

अस्थायी शिक्षकको परीक्षा स्थगित

kharibot

काठमाडौं । आगामी चैत २३ गते हुने भनिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षा स्थगित भएको छ । 

शिक्षक सेवा आयोगले शुक्रबार सूचना सार्वजनिक गर्दै अहिलेलाई परीक्षा स्थगित गरिएको जनाएको छ । 

बिहीबार नै अस्थायी शिक्षकलाई स्थायी बनाउने परीक्षाको स्थगनको माग राख्दैसयुक्त विद्यार्थी संगठनले एक घण्टा चक्काजाम गरेका थिए । उनीहरुले शिक्षक सेवा आयोगले लिइने परीक्षामा अस्थायी शिक्षकलाई स्थायी बनाउन लागेका भन्दै परीक्षा स्थगितको माग गरी दिउँसो १२ देखि १ बजेसम्म माइतीघर मण्डलामा चक्का जाम गरेका थिए । 

विद्यार्थी संगठनले शिक्षा ऐन–२०२८ को नवौ संशोधन बमोजिम आन्तरिक विज्ञापन गरी अस्थायी शिक्षकलाई स्थायी बनाउन लागेको भन्दै परीक्षा स्थगितको माग गरेका थिए ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै