काठमाडौं । बुद्ध एयरले पुनः काठमाडौं—सुर्खेत उडान सञ्चालन गर्ने भएको छ ।
काठमाडौं र कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई जोड्नका लागि नयाँ वर्ष ०७५ वैशाख १ बाट काठमाडौं—सुर्खेत—काठमाडौं उडान सुरु गर्न लागिएको बुद्ध एयरले जानकारी दिएको छ ।
बुद्ध एयरले एकतर्फी ८ हजार ५०० र बाँकी आधा सिटको १० हजार ५०० तोकेको छ ।
कर्णाली प्रदेश सरकारको पहलमा काठमाडौंबाट सुर्खेतका लागि नेपाल एयरलाइन्सले पनि उडान गर्ने तयारी गरेको छ ।
बुद्ध एयरले २०६९ पुसदेखि २०७० असारसम्म काठमाडौं—सुर्खेत उडान सुरु गरेपनि पर्याप्त यात्रु नहुँदा आर्थिक भार परेको भन्दै उडान रोकिएको थियो ।