• २०८१ बैशाख १६ आइतबार

बुद्ध एयरले भित्र्यायो नयाँ एटिआर विमान

kharibot

काठमाडौं । बुद्ध एयरले १६ औं एटिआर विमान भित्र्याएको छ । बुद्धले ९एन एएनडब्लु कल साइन भएको एटिआर ७२ विमान नेपाल भित्र्याएको हो । 

‘हामीलाई यो कुरा सार्वजनिक गर्न पाउँदा खुसी लागेको छ कि हामीले कल साईन ९ एन एएनडब्लुसहितको १६ औं एटिआर ७२ एयरक्रयाफ्ट अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छौं । ’ बुद्ध एयरले भनेको छ । 

योसंगै एटिआर ७२—५०० एयरक्र्याफ्ट विमानको संख्या १३ पुगेको छ । त्यस्तै एटिआर ४२ —३०० ३ वटासहित अब बुद्धसंग जम्मा विमानको संख्या १६ पुगेको बुद्ध एयरका संचार अधिकृत दिनेश कर्णले जानकारी दिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै