• २०८१ बैशाख १६ आइतबार

धुवाँ देखिएपछि जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमान रोकियो

kharibot

जनकपुरधाम । जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानको उडान रद्द गरिएको छ ।

यु ४–५०८ नम्बरको विमान साँझ ५:३७ मा काठमाडौंका लागि उडान भर्ने क्रममा यात्रुले धुँवा देखिएको बताएपछि उडान रद्द गरिएको हो।

दिउँसो ४:३० बजे उडान गर्ने तालिका रहे पनि सो विमान १ घण्टा ७ मिनेट ढिला गरी उड्न लागेकोमा यात्रुले धुवाँ देखिएको बताएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै