• २०८१ बैशाख १६ आइतबार

बुद्ध एयरको जहाजमा समस्या, काठमाडौँ फर्काइयो

kharibot

फाइल तस्बीर

काठमाडौँ । बुद्ध एयरको जहाजमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काइएको छ । 

विहिवार काठमाडौंबाट भैरहवाका लागि उडेको बुद्ध एयरको ८५७ जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काइएको बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयरले भनेको छ- 'काठमाडौंबाट भैरहवा उडान ८५७ मा प्राविधिक समस्या देखिएपछि जहाजलाई काठमाडौं विमानस्थलमा अवतरण गराईएको छ । यात्रुलाई अर्को जहाजबाट भैरहवा पठाउन लागिएको छ । सो जहाज 9N-ANP लाई हाम्रा टेक्निकल टिमले चेकजाँच गरिरहेका छन् ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै