• २०८१ बैशाख १७ सोमबार

प्रधानन्यायाधीश पराजुली १० दिनभित्र पदमुक्त नभए डा. केसी फेरी अनशन बस्ने 

kharibot

काठमाडौँ । वरिष्ठ डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली १० दिनभित्र पदमुक्त नभए आफू फेरी अनसन बस्ने बताएका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै डाक्टर केसीले  प्रधानन्यायाधीश पराजुलीको भ्रष्टाचार र दुष्कर्मका कारण देशको न्यायालय नै बन्धक बनिरहेको र पराजुलीले पदमा बसेर निरन्तर न्यायको संहार गरिरहेकाले त्यो अवस्था अन्त गर्नका सत्याग्रहसहित विरोधका कार्यक्रम ल्याउन बाध्य भएको बताएका छन्।

उनले चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै दोषी ठहर्याइएका पदाधिकारीहरुलाई तत्काल आयोगको सिफारिशबमोजिम कारबाही गर्न पनि फागुन २९ गतेसम्मको समयसीमा दिएका छन्।

डा. केसीले शनिबार जारी गरेको विज्ञप्तीमा आफ्ना दुई माग राखेका छन् :

१) न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने, न्यायालयको मर्यादा गिराउने, सिंगो न्यायालयलाई आफ्नो स्वार्थको बन्धक बनाउने तथा लोकतान्त्रिक संविधानको मर्ममा प्रहार गर्दै मिडियामा सेन्सरसिप लगाउन प्रयास गर्ने प्रधान न्यायधीश गोपाल पराजुलीबाट तत्काल राजीनामा दिइयोस्, नदिएको अवस्थामा तत्काल महाभियोगको प्रक्रियाबाट उनलाई पदबाट हटाएर उनीमाथि कानुनी छानविन र कारवाही गरियोस्।

२) चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै दोषी ठहर्याइएका पदाधिकारीहरुलाई तत्काल आयोगको सिफारिशबमोजिम कारबाही गरियोस्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय