• २०८१ जेठ १ मंगलबार

तुलसीपुरका इँटा उद्योगमा बालश्रमिक

kharibot

फाइल तस्बीर


तुलसीपुर । दाङको तुलसीपुरका इँटा उद्योगले बालश्रमिक राख्ने गरेको पाइएको छ ।

उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा साढे तीन सय हाराहारीमा  बालश्रमिक  रहेको  पाइएको हो । बेस  संस्थाअन्तर्गत रहेको सक्रिय परियोजनाले गरेको तथ्याङ्क सङ्कलनअनुसार ३४८   बालबालिका  श्रममा रहेको खुलेको हो ।

उपमहानगरपालिकाभित्र रहेका १७ वटामध्ये  १५ इँटा उद्योगमा गरिएको अध्ययनानुसार १८० बालक, १६८ बालिका रहेको बेस संस्थाका कार्यक्रम अधिकृत पिङ्की चौधरीले जानकारी दिइन् । “हामीले उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा अनुगमन गर्यौं, सुक्ष्मरूपमा त्यहाँको अवस्था पनि हेर्यौँ, त्यहाँ धेरै बालबालिका श्रमिक रहेको पाइएको हो”, उनले भनिन् ।

अहिले इँटा उद्योगमा बालश्रमिक राखेको तथ्याङ्क सार्वजनिक गरेर  उनीहरुलाई उद्धार  गर्न सङ्घसंस्थाले चासो देखाएका छन् । उपमहानगरपालिकाले उद्योगमा बालश्रमिक राख्न नपाउने नीति–निर्माण  भइसकेको र कार्यान्वयनको चरणमा  रहेको  सामाजिक  विकास  समिति  संयोजक कुमार लामिछानेले जानकारी दिए ।  

अहिले  इँटा  उद्योगमा काम गर्ने बालबालिकाहरू नभई  आश्रित परिवारका रहेको दाङ देउखुरी इँटा उद्योग व्यवसायी  समितिका अध्यक्ष प्रेमनाथ योगीले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै