काठमाडौं । नेपाल र मौरिससवीचको पहिलो मैत्रीपूर्ण खेलको पहिलो हाफ सकिएको छ ।
पहिलो हाफमा दुवै टिम गोलरहित बराबरी खेलेका छन् । पहिलो हाफमा नेपालले पाँच सट पोष्टमा प्रहार गरेपनि गोल गर्न सकेको थिएन ।
नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मौरिससविरुद्धको खेल ४:४५ बजे सुरु भएको थियो ।
नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो । नेपालले मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ ।