• २०८१ बैशाख १४ शुक्रबार

सिके राउतका कार्यकर्ताद्वारा जनकपुरमा चिकित्सकमाथि आक्रमण

kharibot

महोत्तरी । महोत्तरीको प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरटेन्डन्ट (मेसु) डा. सतीश कुमार साहमाथि सिके राउतको जनमत पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् ।

जनकपुरको पिडारी चोकमा बुधबार मेसु साहमाथि राष्ट्रियसभा सदस्य निर्वाचनको विरोध प्रदर्शनमा उत्रिएका सिके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताले आक्रमण गरेका थिए । बर्दिबास हिँडेका उनी सवार एक्कासि जनमतका कार्यकर्ताहरुले आक्रमण गरेको मेसु साहले बताएका थिए । 

आक्रमणमा परी साहको मुखमा आठ वटा टाँका लगाएर उपचार गरिएको छ भने शरीरका विभिन्न भामा चोट लागेको छ । आफू स्वास्थ्यकर्मी भएको बताउँदाबताउँदै आफूमाथि सिके राउतका कार्यकर्ताले चिर्पट प्रहार गरेको साहले बताए । 

तर, डा. साहमाथि भएको आक्रमणमा घुसपैठ भएको जनमत पाटीका केन्द्रिय सदस्य सञ्जय स्वराजीले दाबी गरे  ।  डा. साहलाई लक्षित गरी आक्रमण नगरिएको उनको दाबी छ । 

जनमत पाटीको प्राणरक्षक चिकित्सकहरू माथि आक्रमण गर्ने नीति छैन,’नेता स्वराजीले भने, भूलबस वा जनमतको नाममा कोही घुसपैठ भएको हुनसक्छ ।’ 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै