• २०८१ बैशाख १५ शनिबार

सिके राउतको टिप्पणी- संसदमा लोकतन्त्र देखिएन, देश टाइटानिक जस्तै डुब्दैछ

kharibot

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदमा लोकतन्त्र नदेखिएको टिप्पणी गरेका छन् ।

विहिबार प्रतिनिधिसभामा बोल्दै राउतले आफु संघीय गणतन्त्रको हिमायती रहेको उल्लेख गर्दै संसद प्रभावकारी नहुदा व्यवस्था माथि प्रश्न उठेको टिप्पणी गरे । उनले संसदमा उठाइएका विषयको सरकारले सुनुवाई नगरेको भन्दै संसदमा लोकतन्त्र कहाँ छ ? संसदको गरिमा कहाँ छ ? भन्दै प्रश्न गरेका थिए ।

एउटा जनप्रतिनिधिले आवाज उठाउदा पक्राउ परेको घटना उल्लेख गर्दै सांसदलाई नै लोकतन्त्र नभएको बेला आम जनताले कसरी लोकतन्त्र महसुस गर्न सक्छन ? भन्दै प्रश्न गरेका थिए । सांसदहरुले उठाएका कुनै कुरा अहिलेसम्म पालना नभएको, सांसदहरुले हालेका अहिलेसम्म कुनै स्मशोधन पारित नभएको उदाहरण दिदै उनले शिर्ष दलका नेताहरुका लागि मात्र लोकतन्त्र आएको बताए ।

राउतले संसदमा जनताको आवाज उठेपछि पुरा हुनुपर्ने माग गरे । राउतले देश टाइटानिक दुबे जस्तै डुब्न लागेको बताउदै आम जनताएल आफ्नो जोहो गर्न चेतावनी समेत दिएका थिए ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै