• २०८१ बैशाख १५ शनिबार

माइतीघर मण्डलामा ‘धोती दिवस’ मनाउन गएका सिके राउत पक्राउ

kharibot

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउत पक्राउ परेका छन् । काठमाडौँको माइतीघर मण्डलामा भेला भएर ‘धोती दिवस’ मनाउन गएका राउतसहितका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउने भन्दै माइतीघर मण्डलामा भेला भएका सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताहरूलाई प्रहरीले हस्तक्षेप गरेको थियो । आज बिहान मधेसी समुदायका केही व्यक्तिहरू सेतो धोती लगाएर ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघर मण्डलामा भेला भएका थिए ।

प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै जनमतका अध्यक्ष सिके राउतसहित ६३ जनालाई प्रहरीले पक्राउ गरेको जनमत पार्टीले जनाएको छ । उनीहरुलाई अहिले नेपाल पुलिस क्लबमा राखिएको छ ।

सरकारले केही समय अगाडीबाट माइतीघर मण्डलामा प्रदर्शन, भेला, जुलुस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै