काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले शनादार कमब्याक गर्दै हारबाट जोगिएको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिड इल्चेसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
रियल म्याड्रिड २-० गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै खेल बराबरी गरेको थियो ।
इल्चेका लागि खेलको ४२औं मिनेटमा लुकास बोय र खेलको ७६औ मिनेटमा पेरे मिल्लाले गोल गरेका थिए । त्यसपछि खेलको ८२औं मिनेटमा रियल म्याड्रिडका लागि लुका मोड्रीचले पेनाल्टीबाट गोल गरेका थिए भने ९० मिनेटपछिको इन्जुरी टाइममा भिनिसियस जुनियरको असिस्टमा एडर मिलिताओले गोल गर्दै रियललाई हारबाट जोगाएका थिए ।
यो बराबरीपछि रियल म्याड्रिडको २२ खेलमा ५० अंक रहेको छ । रियल म्याड्रिड दोस्रो स्थानमा रहेको सेभिया भन्दा अब ४ अंकले अगाडी रहेको छ ।
त्यसैगरी इल्चेको २२ खेलमा २३ अंक रहेको छ र लिगमा १५औ स्थानमा रहेको छ ।