• २०८१ बैशाख १७ सोमबार

अन्डर १९ विश्वकपको फाइनलमा भारतलाई २१७ रनको लक्ष्य 

kharibot

काठमाडौँ । अन्डर १९ विश्वकपको फाइनलमा अस्ट्रेलियाले भारतलाई २१७ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलि ले ४७.२ ओभरमा आफ्ना सबै विकेट गुमाउदै २१६ रन बनाएको थियो । अत्यन्त राम्रो सुरुवात गरेको अस्ट्रेलि ले खेलको अन्त्य तिर विकेट बचाउन नसक्दा ठुलो लक्ष्य दिन असफल भएको छ । अस्ट्रेलियाले पछिल्लो १२ बलमा आफ्ना अन्तिम ४ विकेट गुमाएको थियो ।

अस्ट्रेलियाका लागि जोनाथन मेर्लोले सर्वाधिक ७६ रन बनाएका थिए भने पराम उप्पलले ३४ र ओपनर ज्याक एड्वार्ड्सले २८ रन बनाएका थिए ।

अस्ट्रेलियालाई अलआउट गर्ने क्रममा भारतका इशान पोरेल, कमलेश नगरकोटी, शिव सिंह र अनुकुल रोयले २-२ विकेट लिएका थिए ।

भारतले केहीबेरमा जवाफी ब्याटिंग गर्दै छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै