• २०८१ बैशाख १७ सोमबार

अस्ट्रेलियालाई हराउदै अन्डर १९ विश्वकपको उपाधि भारतले जित्यो 

kharibot

काठमाडौँ । अन्डर १९ विश्वकपको उपाधि भारतले जितेको छ । आज भएको फाइनल खेलमा भारतले अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो ।

२१७ रनको लक्ष्य पछ्याएको भारतले ३९औ ओभरमा लक्ष्य पुरागर्दै उपाधिमा कब्जा गरेको छ । भारतको जितमा मन्जोत कारलाले उत्कृष्ट शतक हानेका थिए । ओपनर कारलाले खेलको अन्त्यसम्म टिकेर भारतलाई उपाधि जिताएका थिए । कारलाले नट आउट रहदै १०२ बलमा १०१ रन बनाएका थिए । त्यस्तै हर्भिक देसाईले ४७ नट आउट, शुभम गिलले ३१ र कप्तान पृथ्वी शांले २९ रन बनाएका थिए ।   

यो जितसँगै भारतले चौथो पटक युवा विश्वकपको उपाधि जितेको छ । यसअघि भारतले सन् २०००, २००८, २०१२ मा अन्डर १९ विश्वकप जितेको थियो । यसअघि अन्डर १९ विश्वकपको फाइनलमा अस्ट्रेलियाले भारतलाई २१७ रनको लक्ष्य दिएको थियो ।

टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलि ले ४७.२ ओभरमा आफ्ना सबै विकेट गुमाउदै २१६ रन बनाएको थियो । अत्यन्त राम्रो सुरुवात गरेको अस्ट्रेलि ले खेलको अन्त्य तिर विकेट बचाउन नसक्दा ठुलो लक्ष्य दिन असफल भएको थियो । अस्ट्रेलियाले पछिल्लो १२ बलमा आफ्ना अन्तिम ४ विकेट गुमाएको थियो ।

अस्ट्रेलियाका लागि जोनाथन मेर्लोले सर्वाधिक ७६ रन बनाएका थिए भने पराम उप्पलले ३४ र ओपनर ज्याक एड्वार्ड्सले २८ रन बनाएका थिए ।

अस्ट्रेलियालाई अलआउट गर्ने क्रममा भारतका इशान पोरेल, कमलेश नगरकोटी, शिव सिंह र अनुकुल रोयले २-२ विकेट लिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै