• २०८१ बैशाख २१ शुक्रबार

पद्मावत रिलिजको पाँच दिनमा सय करोड क्लबमा

kharibot

मुम्बई । लामो समयदेखि विवादमा रहेको फिल्म पद्मावतले रिलिजको पाचौ दिन भारतीय बक्स अफिसमा सय करोडको व्यापार गरेको छ ।

फिल्मले रिलिजको अघिल्लो दिन भएको सशुल्क प्रिभ्युमा ५ करोडको ब्यापार गरेको थियो भने रिलिजको पहिलो दिन १९ करोडको ब्यापार गरेको थियो । त्यस्तै दोस्रो दिन शुक्रबार फिल्मले ३२ करोड व्यापार गरेको थियो भने शनिबार २७ करोड र आइतबार ३१ करोडको ब्यापार गरेको फिल्म समीक्षक तरण आदर्शले जानकारी दिएका छन् । फिल्मले रिलिजको पाचौ दिनसम्म कुल ११४ करोड भारतीय रुपैयाको ब्यापार गरेको छ ।

विवाद र विरोधका कारण फिल्मले ३० देखि ३५ करोडको ब्यापार गुमाएको बताइएको छ । साथै अन्तर्राष्ट्रिय बक्सअफिसमा पनि फिल्मले उत्कृष्ट व्यापार गरेको समीक्षक आदर्शले उल्लेख गरेका छन् । फिल्मले अस्ट्रेलिया, जर्मनी, युके लगायतका ठाउमा निकै राम्रो कलेक्सन गरिरहेको बताइएको छ । अहिलेसम्म फिल्मले अन्तर्राष्ट्रिय बक्स अफिसमा १८-२० करोडसम्मको ब्यापार गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।  

यस अघि फिल्म रिलिजको विषयलाई लिएर निकै विवाद भएपनि सर्वोच्च अदालतले फिल्मलाई प्रतिबन्ध नलागाउन निर्देशन दिएको थियो ।  अदालतको निर्देशन पछि पनि कैयौ राज्यमा फिल्म रिलिज भएको छैन । 

भारतीय संचार माध्यमहरुले फिल्मको विरोध गरिरहेका करणी सेनाका कार्यकर्ताहरुले प्रदर्शन जारी राखेको बताएका छन् । कयौ ठाउमा तोडफोड र आगजनी भएको बताइएको छ । फिल्मको विहार, गुजरात, हरियाणा मुम्बई, राजेस्थान लगायतका ठाउहरुमा तिब्र विरोध भैरहेको छ । 

सत्तारुढ दल भारतीय जनता पार्टीका नेता तथा मन्त्रीहरुले नै सार्वजनिक रुपमा फिल्मको विरोध गरेको देखिएको छ । 

फिल्मलाई समिक्षकहरुले उत्कृष्ट बताउदै राम्रो रेटिंग दिएका कारण पनि फिल्मको ब्यापार राम्रो भएको छ । फिल्म रिभ्यु गर्दै बलिवुडका समिक्षक तरण आदर्शले फिल्म उत्कृष्ट रहेको बताउदै ४.५ रेटिंग दिएका थिए । अन्य फिल्म समिक्षकहरुले पनि फिल्मलाई ४ भन्दा बढी रेटिंग दिएका थिए ।

चर्चित निर्देशक संजयलिला भन्सालीले निर्देशन गरेको फिल्ममा दिपीका पदुकोने, शाहिद कपुर र रणवीर सिंहको प्रमुख भूमिका रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै