• २०८१ बैशाख २१ शुक्रबार

विवादका बीच रिलिज भएको पद्मावतले पायो दर्शकको माया, यस्तो छ दुई दिनको व्यापार  

kharibot

मुम्बई । लामो समयदेखि विवादमा रहेको फिल्म पद्मावतले भारतीय बक्स अफिसमा राम्रो व्यापार गरेको छ ।

फिल्मले रिलिजको अघिल्लो दिन भएको सशुल्क प्रिभ्युमा ५ करोडको ब्यापार गरेको थियो भने रिलिजको पहिलो दिन १९ करोडको ब्यापार गरेको थियो । त्यस्तै दोस्रो दिन शुक्रबार फिल्मले ३२ करोड व्यापार गरेको फिल्म समीक्षक तरण आदर्शले जानकारी दिएका छन् । 

फिल्मले शुक्रबारसम्म भारतमा कुल ५६ करोडको व्यापार गरेको छ । त्यस्तै अन्तर्राष्ट्रिय बक्सअफिसमा पनि फिल्मले उत्कृष्ट व्यापार गरेको समीक्षक आदर्शले उल्लेख गरेका छन् । फिल्मले अस्ट्रेलिया, जर्मनी, युके लगायतका ठाउमा निकै राम्रो कलेक्सन गरिरहेको बताइएको छ । 

यस अघि फिल्म रिलिजको विषयलाई लिएर निकै विवाद भएपनि सर्वोच्च अदालतले फिल्मलाई प्रतिबन्ध नलागाउन निर्देशन दिएको थियो ।  अदालतको निर्देशन पछि पनि कैयौ राज्यमा फिल्म रिलिज भएको छैन । 

भारतीय संचार माध्यमहरुले फिल्मको विरोध गरिरहेका करणी सेनाका कार्यकर्ताहरुले प्रदर्शन जारी राखेको बताएका छन् । कयौ ठाउमा तोडफोड र आगजनी भएको बताइएको छ । फिल्मको विहार, गुजरात, हरियाणा मुम्बई, राजेस्थान लगायतका ठाउहरुमा तिब्र विरोध भैरहेको छ । 

सत्तारुढ दल भारतीय जनता पार्टीका नेता तथा मन्त्रीहर ले नै सार्वजनिक रुपमा फिल्मको विरोध गरेको देखिएको छ । 

फिल्मको विरोध गरिरहेको करणी सेनाले पद्मावत फिल्म हेरेको बताइएको छ । फिल्म हेरेपछि करणी सेना प्रमुख लोकेन्द्र कलवीले फिल्ममा रहेका सिनहरुमा आफ्नो अझै आपत्ति रहेको बताएका छन् ।

यसै बीच फिल्मलाई समिक्षकहरुले उत्कृष्ट बताएका छन् । फिल्म रिभ्यु गर्दै बलिवुडका समिक्षक तरण आदर्शले फिल्म उत्कृष्ट रहेको बताउदै ४.५ रेटिंग दिएका छन् । अन्य फिल्म समिक्षकहरुले पनि फिल्मलाई ४ भन्दा बढी रेटिंग दिएका छन् ।

विवादका बीच फिल्मको रिलिज भएपनि धेरै ठाउमा अवरुद्ध भएका कारण फिल्मको ब्यापारमा असर पुग्ने देखिएको छ । 

चर्चित निर्देशक संजयलिला भन्सालीले निर्देशन गरेको फिल्ममा दिपीका पदुकोने, शाहिद कपुर र रणवीर सिंहको प्रमुख भूमिका रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै