• २०८१ बैशाख २१ शुक्रबार

विरोधका बावजुत दुईसय करोड क्लबमा ‘पद्मावत’

kharibot

मुम्बई । लामो समयदेखि विवादमा रहेको फिल्म पद्मावतले रिलिजको ११औ दिनसम्म भारतीय बक्स अफिसमा दुई सय करोडको व्यापार गरेको छ ।

फिल्मले रिलिजको पहिलो हप्ता १६६.५ करोड ब्यापार गरेको थियो भने रिलिजको दोस्रो हप्ताको पहिलो शुक्रबार १० करोड, शनिबार १६ करोड र आइतबार २० करोडको ब्यापार गरेको फिल्म समीक्षक तरण आदर्शले जानकारी दिएका छन् । 

फिल्मले रिलिजको ११औ दिनसम्म कुल २१२.५ करोड भारतीय रुपैयाको ब्यापार गरेको छ ।

विवाद र विरोधका कारण फिल्मले ३० देखि ३५ करोडको ब्यापार गुमाएको बताइएको छ । साथै अन्तर्राष्ट्रिय बक्सअफिसमा पनि फिल्मले उत्कृष्ट व्यापार गरेको समीक्षक आदर्शले उल्लेख गरेका छन् । 

फिल्मले अस्ट्रेलिया, जर्मनी, युके लगायतका ठाउमा निकै राम्रो कलेक्सन गरिरहेको बताइएको छ । 

यस अघि फिल्म रिलिजको विषयलाई लिएर निकै विवाद भएपनि सर्वोच्च अदालतले फिल्मलाई प्रतिबन्ध नलागाउन निर्देशन दिएको थियो ।  अदालतको निर्देशन पछि पनि कैयौ राज्यमा फिल्म रिलिज भएको छैन । 

फिल्मलाई समिक्षकहरुले उत्कृष्ट बताउदै राम्रो रेटिंग दिएका कारण पनि फिल्मको ब्यापार राम्रो भएको छ । फिल्म रिभ्यु गर्दै बलिवुडका समिक्षक तरण आदर्शले फिल्म उत्कृष्ट रहेको बताउदै ४.५ रेटिंग दिएका थिए । अन्य फिल्म समिक्षकहरुले पनि फिल्मलाई ४ भन्दा बढी रेटिंग दिएका थिए ।

चर्चित निर्देशक संजयलिला भन्सालीले निर्देशन गरेको फिल्ममा दिपीका पदुकोने, शाहिद कपुर र रणवीर सिंहको प्रमुख भूमिका रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै