• २०८१ जेठ ६ आइतबार

४ करोड बिगो दाबी गर्दै अख्तियारद्वारा चुडामणि शर्माविरुद्ध मुद्धा दायर

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माविरुद्ध अर्को मुद्धा दायर गरेको छ ।

अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले शर्माविरुद्ध सोमबार विशेष अदालतमा मुद्धा दायर गरेको हो । शर्माविरुद्ध ४ करोड २९ लाख ५४ हजार बिगो दाबी गर्दै मुद्धा दायर गरेको अख्तियारले जनाएको छ । 

शर्मा विरुद्ध कर फस्र्योट आयोगमार्फत अर्बौं रुपैयाँको कर मिनाहा दिएको अभियोगमा दायर मुद्दा अहिलेपनि विचाराधीन रहेको छ ।

यसअघि कर फस्र्योट आयोगमा रहदा शर्माले गैरकानूनी रुपमा कर मिनाहा दिइएको भन्दै गत जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई पक्राउ गरेको थियो । आयोगले शर्मासहित कर फस्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र अर्का सदस्य उमेशप्रसाद ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँको माग दावी गर्दै साउन १ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सर्वोच्चले शर्मालाई साउन १७ गते अख्तियारबाट न्यायीक हिरासतमा राख्ने आदेश दिएको थियो । 

शर्माकी श्रीमति कल्पना उप्रेती शर्माले गत असार २७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दाको फैसला गर्दै सर्वोच्चले शर्मालाई श्रावण २७ गते थुनामुक्त गर्न आदेश दिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै