• २०८१ बैशाख १७ सोमबार

एकिकृत समाजवादीका नेता राजेन्द्र राईद्वारा प्रदेश १ को मुख्यमन्त्रीको दाबि पेश

kharibot

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीका लागि नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेश गरेका छन् । विपक्षी गठबन्धनका ५० जना सांसदको समर्थनसहित दाबी नेता राईले सोमबार आफ्नो दाबि पेश गरेका हुन् ।

यसअघि आजै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मंगलबार दिउँसो १ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

यसअघि मुख्यमन्त्री भीम आचार्यले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा दिएका थिए । उनले सोमबार नै प्रदेश प्रमुख प्यासीसमक्ष लिखित राजीनामा बुझाएका थिए ।

९२ सदस्यीय प्रदेश १ को प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्दछ । अहिले एमालेका ४१ सांसद छन् भने विपक्षी गठनबन्धनमा ५० सांसद रहेका छन् । जसमा नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् । राप्रपाका एक सांसद कुनै पक्षमा देखिएका छैनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय