विराटनगर । प्रदेश १ को संसद बैठक बस्दैछ । बैठकले प्रदेश १ को नामाकरण गर्ने बताइएको छ ।
प्रदेश १ को नामाकरण विभिन्न कारणले अहिलेसम्म हुन सकेको छैन । पहिलो कार्यकालमा टुंगिन नसकेको नामाकरण दोस्रो कार्यकालको पहिलो अधिवेशनबाट नै टुंगो लगाउन लागिएको हो ।
अघिल्लो कार्यकालमा दलहरुबीच पटक पटक छलफल भएपनि नाम टुंगिन सकेको थिएन । अरु सबै प्रदेशको नामाकरण भइसकेको छ ।