• २०८१ बैशाख १५ शनिबार

नक्कली डाक्टरले दशकदेखि गैरकानुनी पोलिक्निक चलाउँदै

kharibot

रौतहट । नक्कली डिग्री लिएर रौतहटमा एक जना डाक्टरले बिगत एक दशक देखि गैरकानुनी रूपमा पोलिक्लिनिक सञ्चालन गर्दै आएको खुलासा भएको छ ।

उमेश प्रसाद जयसवाल भन्ने व्यक्तिले जिल्लाको गरुडा नगरपालिका वडा नं.५ स्थित शिवनगरमा विगत १० वर्ष देखि नक्कली डिग्री देखाएर आनन्द पोलिक्लीनिक एण्ड एक्यूपँचर सेन्टर सञ्चालन गर्दै आएको खुलासा भएको हो ।

गैरकानुनी ढंङ्गबाट सञ्चालनमा रहेको उक्त क्लिनिकमा एउटा पनि डाक्टर नरहेको र ४ बेडको सैया सञ्चालनको लागि मात्रै अनुमति लिए पनि उनले २५ बेड सम्म सञ्चालनमा गरेका छन् ।

उक्त पोलिक्लिनिकको सञ्चालक शिव शंकरको छोरा नाता भएका जयसवालले लामो समयसम्म आँफु भारतबाट डाक्टर पढेर आएको भन्दै त्यहाँ बिरामीहरुको चेकजाँच गरेको र केही समय अघि मात्रै स्थानीय केही सञ्चारकर्मीले थाहा पाए पछि उक्त पोलिक्लिनिकको बोर्डबाट डाक्टर उमेश प्रसाद जयसवाल नाम हटाएको तथ्य बाहिरिएको हो ।

स्रोतका अनुसार पोलिक्लीनिक एण्ड एक्यूपँचर सेन्टरको सूचना बाहिर आए पछि जयसवालले स्थानीय प्रशासनलाई उक्त तथ्य लुकाउनका लागि मोटो रकम खर्च गरेका छन् ।

उनले कलकत्ताबाट पढेर बिना काउन्सिल नम्बर कै गैरकानुनी रुपमा पोलिक्लिनिकमा बिरामी चेकजाँच देखि उपचार सम्म गरिरहेको बुझिएको छ । यस बारेमा उनलाई डिग्रीको प्रमाणपत्र माँग्दा देखाउन उनले मानेनन् । 

जयसवालको काउन्सिल नम्बरको विषयमा आयुर्वेदिक चिकित्सा परिषदमा फोन गरेर बुझ्दा उनी परिक्षामा सहभागी भए पनि उनको केही डकुमेन्टहरु नपुगेकाले काउन्सिल नम्बर नदिएको बताए ।

एउटा चिकित्सकको एउटा काउन्सिल नम्बर हुनु पर्नेमा जयसवालले विभिन्न काउन्सिलहरु उल्लेख गरेका छन् । एक्यूपँचरमा डिप्लोमा मात्रै गरेका उनले डाक्टर लेख्न नपाए पनि उनले बोर्डमा आँफुलाई डाक्टर लेखेका छन् । साथै उक्त पोलिक्लिनिकमा डाक्टरको लेटरप्याडमा कुनै पनि डाक्टरको काउन्सिल नम्बर नभएको पाइएको छ ।

यस विषयमा कुरा गर्न खोज्दा जयसवाललाई सम्पर्क नभए पछि उक्त पोलिक्लिनिकका लेखा शाखाका उमाशंकर गिरीले जयसवालले भारतको ओपेन युनिभर्सिटीबाट एक्यूपँचरमा डिप्लोमा गरेको तर , जयसवालले डाक्टर लेख्न नपाए पनि आफुलाई वरिष्ठ डाक्टर भनेर बोर्डमा समेत डाक्टर उमेश प्रसाद जयसवाल लेखेको कुरा स्वीकार गर्दै आँफुहरुबाट गल्ती भएको बताएका छन् ।

नक्कली डाक्टर जयसवाल पोलिक्लीनिकका सञ्चालक शिव शंकरको छोरा भएकोले हाल पनि उक्त पोलिक्कीनिकमा आवद्ध रहेको तर, उनले बिरामीहरुको एक्यूपँचर मात्रै हेरेको बताए ।

उनले आँफैले डाक्टर घोषणा गरेर हजारौं बिरामीहरुको स्वास्थ्य माथी खेलवाड गरेको स्थानीयले गुनासो गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै