• २०८१ बैशाख २५ मंगलबार

विवादका बीच ‘पद्मावत’ रिलिज, समिक्षकले भने उत्कृष्ट फिल्म 

kharibot

मुम्बई । लामो समयदेखि विवादमा रहेको फिल्म पद्मावत अन्तत: आज रिलिज भएको छ । सर्वोच्च अदालतले फिल्मलाई प्रतिबन्ध नलागाउन निर्देशन दिएपनि भारतका चार राज्यमा फिल्म रिलिज भएको छैन । 

भारतीय संचार माध्यमहरुले फिल्मको विरोध गरिरहेका करणी सेनाका कार्यकर्ताहरुले प्रदर्शन जारी राखेको बताएका छन् । कयौ ठाउमा तोडफोड र आगजनी भएको बताइएको छ । फिल्मको विहार, गुजरात, हरियाणा मुम्बई, राजेस्थान लगायतका ठाउहरुमा तिब्र विरोध भैरहेको छ । 

सत्तारुढ दल भारतीय जनता पार्टीका नेता तथा मन्त्रीहर ले नै सार्वजनिक रुपमा फिल्मको विरोध गरेको देखिएको छ । 

फिल्मको विरोध गरिरहेको करणी सेनाले पद्मावत फिल्म हेरेको बताइएको छ । फिल्म हेरेपछि करणी सेनाक प्रमुख लोकेन्द्र कलवीले फिल्ममा रहेका सिनहरुमा आफ्नो अझै आपत्ति रहेको बताएका छन् ।

यसै बीच फिल्मलाई समिक्षकहरुले उत्कृष्ट बताएका छन् । फिल्म रिभ्यु गर्दै बलिवुडका समिक्षक तरण आदर्शले फिल्म उत्कृष्ट रहेको बताउदै ४.५ रेटिंग दिएका छन् । अन्य फिल्म समिक्षकहरुले पनि फिल्मलाई ४ भन्दा बढी रेटिंग दिएका छन् ।

विवादका बीच फिल्मको रिलिज भएपनि धेरै ठाउमा अवरुद्ध भएका कारण फिल्मको ब्यापारमा असर पुग्ने देखिएको छ । 

चर्चित निर्देशक संजयलिला भन्सालीले निर्देशन गरेको फिल्ममा दिपीका पदुकोने, शाहिद कपुर र रणवीर सिंहको प्रमुख भूमिका रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै