काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत ब्राजिलले भेनेजुएलालाई पराजित गरेको छ ।
शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले भेनेजुएलालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
ब्राजिलको जितमा मार्कविनोज, गाब्रियल जिसस र एन्टोनीले एक एक गोल गरेका थिए । त्यस्तै भेनेजुएलाका लागि एरिक रामिरेजले एक गोल गरेका थिए ।
योजितपछि ब्राजिलको ९ खेलमा २७ अंक भएको छ । ब्राजिल विश्वकप छनौटमा अहिलेसम्म खेलेका सबै खेल जितेर अंकतालिकामा शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै भेनेजुएलाको भने १० खेलमा यो आठौ हार हो । भेनेजुएलाको १० खेलमा ४ अंक रहेको छ र अंकतालिकामा पुछारमा रहेको छ ।