काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले इस्पानयोललाई पराजित गरको छ ।
आइतबार सम्पन्न खेलमा एटलेटिकोले इस्पानयोल लाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको अन्तिम मिनेटमा गोल गर्दै एटलेटिकोले इस्पानयोलमाथि सनसनीपूर्ण जित हासिल अग्रेको थियो ।
एटलेटिकोलाई जिताउन थोमास लेमारले खेलको ९९औ मिनेटमा गोल निर्णायक गोल गरेका थिए ।
यस अघि खेलको ४०औ मिनेटमा इस्पानयोलका लागि राउल डे थोमसले गोल गर्दै शुरुवाती अग्रता लिए पनि यानिक कारासकोले खेलको ७९औ मिनेटमा गोल गर्दै एटलेटिकोलाई खेलमा फर्काएका थिए ।
एटलेटिको म्याड्रिडको यस सिजनमा यो तेस्रो जित हो । ४ खेलमा ३ जित र एक बराबरीसहित एटलेटिको १० अंकसहित शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै इस्पानयोलको ४ खेलमा २ अंक रहेको छ ।