• २०८१ बैशाख १७ सोमबार

जापानी मेयरले टोकेको स्वर्ण पदक आयोजकले साटीदिने !

kharibot

काठमाडौँ । टोकियो ओलम्पिक सकिएपछि पनि ओलम्पिक बारेक ऐयों खबर आइरहेका छन् । यसैबीच जापानको नागोया शहरका मेयरले गोल्ड मेडल तोकेपछि नयाँ विवाद शुरु भएको छ ।

मेयर ताकाशी कावामुराले सफ्टबलमा स्वर्ण पदक जितेकी मिउ गोटोको ओलम्पिक स्वर्ण पदक लाइभ टेलिभिजनमै टोकेपछि उनको  कडा आलोचना भैरहेको छ ।

कोरोना महामारीका बेला मेयरले आफ्नो मास्क हटाएर खेलाडीले जस्तै गरि स्वर्ण पदक टोकेका थिए । गत साता भएको यो घटनापछि करिब ८ हजारले लिखित उजुरी गर्दै मेयरको आलोचना गरेको जापानी मिडियाले उल्लेख गरेका छन् । धेरै जसोले मेयरले राजीनामा गर्नुपर्ने माग समेत राखेका छन् ।

यसैबीच टोकियो ओलम्पिकका आयोजकले भने मेयरले टोकेको सो स्वर्ण पदक साटीदिने बताएका छन् । यसका लागी लाग्ने खर्च आयोजकले नै बेहोर्ने गरि सो स्वर्ण पदक बदलि दिने आयोजकले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । यसका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पनि सहयोग गरेको टोकियो ओलम्पिक आयोजकले बताएको छ ।

त्यस्तै मेयर कावामुराले पनि स्वर्ण पदक टोकेकोमा माफी माग्दै यसलाई बदल्न लाग्ने खर्च आफुले व्यक्तिगत रुपमा बेहोर्ने प्रस्ताव गरेका छन् । उनले एक लिखित माफिनामा स्वर्ण पदक विजेता गोटो र जापानिज सफ्टबल एसोसियसनलाई पठाएको मिडिया रिपोर्टमा उल्लेख छ ।

जापानी महिला सफ्टबल टिमले जुलाई २७ मा भएको फाइनलमा अमेरिकालाई २-० ले पराजित गर्दै स्वर्ण पदक जितेको थियो ।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै