• २०८१ जेठ ८ मंगलबार

प्रधानमन्त्री ओलीद्वारा चिडियाखानाका गैडाको ‘अभिभावकत्व ग्रहण’

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानामा संरक्षित गैँडाका लागि अभिभावकत्व ग्रहण गर्दै एक महिनाको खाना खर्च निजी खर्चबाट व्यहोर्ने घोषणा गरेका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्ववन्यजन्तु दिवसका उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले वन्यजन्तुप्रतिको प्रेमभाव दर्शाएका हुन् । 

प्रधानमन्त्री ओलीले चिडियाखानामा राखिएका जनावरका लागि सरकारले वर्षभरीको खाना खर्च व्यहोर्दै आएको र आफूले एक महिनाका लागि गैँडाको खाना खर्च व्यहोर्ने घोषणा गरी संरक्षणकर्तालाई उत्साहित तुल्याए । उनले भने, “प्रधानमन्त्रीका हैसियतले आफूले सरकारबाट पाउने रकम वर्षभरीको सबै कोरोना संक्रमण कोषमा दिएकाले श्रीमती राधिका शाक्यको निवृत्तिभरणबाट आउने रकमबाट गैँडाका लागि एक महीनाको खाना खर्च दिनेछौँ ।”

प्रधानमन्त्री ओलीले सदर चिडियाखाना सानो भएकाले आगामी दिनमा वन्यजन्तुको उद्धार तथा वन्यजन्तुको परस्थानीय संरक्षण, वैज्ञानिक अध्ययन अनुसन्धान तथा पर्या–पर्यटन अभिवृद्धिका लागि भक्तपुरको सूर्यविनायकमा बृहत् खालको चिडियाखाना निर्माणका लागि मन्त्रिपरिषद्बाट स्वीकृत भई निर्माण प्रक्रिया अघि बढेको जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै