काठमाडौँ । चर्चित कमेडियन कपिल शर्मा दोस्रो पटक पिता बनेका हुन् । कपिल शर्माकी पत्नी गिन्नी चतरथले सोमबार बिहान छोरालाई जन्म दिएको कपिलले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।
कपिलले जानकारी दिदै भनेका छन्, 'नमस्कार, आज बिहान भगवानको आशिर्वादको रुपमा छोराको जन्म भएको छ । ईश्वरको कृपाले बच्चा र आमा दुवै स्वस्थ रहेका छन् । सबैको अथाह प्रेमका लागि धन्यवाद ।'
कपिल र गिन्नीको यस अघि एक छोरी रहेकी छन् । कपिलले गिन्नीसँग २०१८ मा विवाह गरेका थिए ।