• २०८१ बैशाख १७ सोमबार

एनएमबी बैंकद्धारा ५२ लाख भन्दा बढीको बीमा दाबी भुक्तानी

kharibot

काठमाडौ । एनएमबि बैंकले  ५२ लाखभन्दा बढीको बीमा दावी भुक्तानी गरेको छ ।  एनएमबि बैंकले विभिन्न खाताहरुमा दुर्घटना र गम्भिर रोगहरु विरुद्घ प्रदान गरिने बीमा दावी भुक्तानी दुर्धटना हुना साथ र रोग पत्ता लाग्ना साथ प्रदान गरेको छ । 

बैंकले तलब खाता अन्तर्गत हालसम्म जम्मा ७ लाख ४१ हजार ७२२ र सहारा बचत खाता अन्तर्गत ४५ लाख २२ हजार ३७१ बीमा दावी भुक्तानी गरेकाे छ  ।

बैंकको तलव खाताहरुको योजनामा शुन्य मौज्दातमै नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम को साथै दश लाखसम्मको दुर्घटना बिमा प्रदान गर्दै आइरहेको छ भने सहारा खाता योजनामा नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम, दश लाखसम्मको दुर्घटना बिमाको साथै १८ घातक रोगहरुमा स्वास्थ्य उपचार विमा सुविधा प्रदान गर्दै आइरहेको छ । 

बैंकको ईन्स्युरेन्स पार्टनरहरुमा एनएलजी ईन्स्युरेन्स, शिखर ईन्स्युरेन्स, नेको ईन्स्युरेन्स, रिलाईन्स लाइफ ईन्स्युरेन्स, सागरमाथा ईन्स्युरेन्स र राष्ट्रिय बिमा कम्पनी रहेका छन् ।

बैंकले १८६ शाखाहरु, ८ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जालका साथै ३,५०० क्यूआर र १०,०७० भन्दा बढी पोस मेसिन मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको  छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै