• २०८१ बैशाख १७ सोमबार

महोत्तरीमा पेस्तोल देखाएर एनएमबी बैंक लुटियो

kharibot

सिसिटिभी फुटेज

महोत्तरी । महोत्तरी गाउँपालिका- २ बजारस्थित एनएमबी बैंकमा लुटपाट भएको छ ।

४ जनाको समूहमा प्रवेश गरेको हतियारसहितका नकावधारीले ३८ लाख भन्दा बढिको लुटपाट गरी फरार भएका छन् ।

मंगलबार अपरान्ह करिब साढे १२ बजे बैंक प्रवेश गरेको उक्त हतियारधारी समूहले बैंकका कर्मचारी तथा सेवा ग्राहीलाई नियन्त्रणमा लिई पैसा लुटेको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । उनीहरु सबैसँग लोकल मेड पिस्तोल रहेको बुझिएको प्रहरीको भनाइ छ ।

घटना बारे अनुसन्धान र लुटेराको खोज तलाश भइरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए । उनले प्राप्त सीसीटीभी फुटेजको अध्यन भइरहेको र लुटेराहरू भाग्न सक्ने रुटसमेतमा व्यापक रुपमा खोज तलाश भइरहेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै