• २०८१ जेठ ६ आइतबार

नेकपाको शपथ कार्यक्रममा झडपमा घाइते चौरसियाको निधन

kharibot

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा विहिवार आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा परी घाइते भएका मुकेश चौरसियाको शुक्रवार निधन भएको छ ।

झड्पका क्रममा टाउकोमा गम्भीर चोट लागेका चौरसियाको वीरगन्जको न्युरो अस्पतालमा उपचार हुँदाहुँदै उनको शुक्रवार बिहान मृत्यु भएको पर्सा प्रहरीका प्रवक्ता एवंम् प्रहरी नायव उपरीक्षक मनोजित कुवरले पुष्टि गरेका हुन् ।

चौरसियाको न्युरो अस्पतालको अईसियूमा राखेर उपचार भईरहेको थियो । टाउकोमा धेरै जोडले हिर्काएका कारण उनको टाउकोमा ठुलो चोट लागेर अत्याधिक रगत बगेको चिकित्सकहरुले बताएका छन् ।

पार्टीले विहिवार गाउँपालिकाको वडा नम्बर ५ पर्सौनीभाठामा आयोजना गरेको गाउँपालिका कमिटिको शपथ ग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले आएर आफुलाई नसमेटिको भन्दै विरोध गरे पछि झडप भएको थियो । झडपमा परेर दुबै पक्षका दर्जनौं व्यक्ति घाईते भएका थिए ।

प्रहरीले झडपमा रहेका केहि व्यक्तिलाई पक्राउ समेत गरेको छ । चौरसिया तत्कालिन माओवादी केन्द्रबाट गाउँपालिकामा वडा नं.२ को वडा अध्यक्षका उम्मेदवार समेत थिए ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय