• २०८१ असार १२ बुधबार

गाजामा तीन इजरायली बन्धकहरूको शव फेला

kharibot

काठमाडौँ । इजरायली सेनाले गाजामा तीन इजरायली बन्धकहरूको शव फेला पारेको छ । 

तीमध्ये एक केटीको शव पनि छ, जसलाई हमास लडाकुहरूले गाजाको सडकमा तानेर परेड गरेको थियो । नोभेम्बर २०२३ मा सेनाले यी बालिकाको काटिएको टाउको फेला पारेको थियो ।

युवतीको पहिचान इजरायली मूलकी जर्मन शनि लुकको रूपमा भएको थियो । २२ वर्षीय शनि ६ अक्टोबर २०२३ मा आयोजित नोभा म्युजिक फेस्टिभलमा सहभागी हुन आएकी थिइन् । यहाँ ७ अक्टोबरको बिहान, हमास लडाकुहरूले आक्रमण र गोलीबारी गरेर धेरै मानिसहरूलाई बन्धक बनाएका थिए ।

समाचार एजेन्सी एपीका अनुसार अन्य दुई शव २८ वर्षीय अमित बुस्किला र ५६ वर्षीय इत्जाक गेलेर्न्टरको रूपमा पहिचान गरिएको छ । तीनै जना आफ्नो ज्यान जोगाउन म्युजिक फेस्टिभबाट भागेका थिए तर हमास लडाकुहरूले समातेका थिए ।

इजरायली सेनाले गाजाको कुन क्षेत्रमा शव फेला परेको बताएको छैन । अहिले रफाह क्षेत्रमा सेनाले आक्रमण गरिरहेको छ । सेनाले रफाह क्षेत्रमा बन्धकहरूलाई कब्जामा लिएको सूचना प्राप्त भएको बताएको छ । उनीहरुको उद्दारका लागि सो क्षेत्रमा अभियान चलिरहेको छ ।

अक्टोबर ७ मा भएको आक्रमणमा २५३ जनालाई बन्धक बनाइएको थियो । तीमध्ये करिब १३० इजरायली नागरिक अझै हमासको बन्दीमा छन्। नोभेम्बर २०२३ मा एक हप्ता लामो युद्धविराम थियो । यस क्रममा धेरै बन्धकहरूलाई रिहा गरियो । त्यसयता युद्धविरामका लागि विभिन्न प्रयासहरु भएपनि सफलता भने पाउन सकेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै