• २०८१ जेठ ५ शनिबार

बैंक अफ काठमाण्डूको घरायसी विद्युतिय उपकरणको किस्ताबन्दी योजना, ब्याज नलाग्ने

kharibot

काठमाडौँ । बैंक अफ काठमाण्डूले आफ्नो ग्राहकको सुविधालाई मध्यनजर गर्दै घरायसी विद्युतिय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । 

बैंकले नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी सरल किस्ताबन्दी सहितको विशेष योजना ल्याएको  हो  ।
यस अन्तर्गत  बैंकको क्रेडिट कार्ड बाहक ग्राहकले आफुलाई आवश्यक सीजी, एलजी, गोदरेज, टीसीएल, सेससेई, एलिका, केन्ट तथा ब्ल्याक एण्ड डेकोर ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।

यस योजना अन्र्तगत बैंकको क्रेडिट कार्डको प्रयोग गरी विभिन्न ब्रान्डका घरायसी विद्युतिय उपकरणहरु टिभी,मोबाइल,लुगा धुने मेसिन ,माइक्रोओभन,डिसवासर ,भ्याकुम क्लिनर, चिम्नी, भान्छाका थुप्रै सामग्री इत्यादी किस्ताबन्दीमा खरिद गर्न सक्नेछ भने ग्राहकहरुले किस्ताबन्दीमा घरायसी विद्युतिय उपकरणहरु खरिद गर्दा कुनैपनि ब्याज लाग्ने छैन । 

बैंक अफ काठमाण्डू र सीजी डिजिटलबीच भएको व्यापारीक सम्झौता अन्र्तगत बैंकको ग्राहकलाई यस सरल किस्ताबन्दीको योजनाहरु विभिन्न स्थानको सोरुमहरुबाट उपलब्ध हुनेछन् ।

यस इलेक्ट्रोनिक सामान खरिदमा शुन्य प्रतिशत ब्याजदरको किस्ताबन्दी योजनाको बारेमा थप जानकारी आवश्यक भएमा ग्राहकले बैंकको कार्ड सेन्टरको टेलिफोन नम्बर (०१-४४२७३९८) मा सिधै सम्पर्क गर्न सक्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै