• २०८१ बैशाख १७ सोमबार

बैंक अफ काठमाण्डूको कार्डबाट इ-कमर्श कारोबारमा क्यासव्याक योजना

kharibot

काठमाडौँ । बैंकले नेपालीहरुको आउदै गरेको महान चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण इ(कमर्श कारोबारमा नगदफिर्ता योजना ल्याएको छ ।

यस योजना अनुसार बैंकको कार्ड प्रयोग गरेर विभिन्न इ-कमर्स प्लेटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा कारोबार गरेको रकमको १० प्रतिशत वा अधिकतम रु १५०० सम्म नगदफिर्ता पाइने भएको छ ।

यो नगदफिर्ता योजना यहि २०७९ साल भाद्र २२ गते बुधबारबाट सुरु हुनेछ । यस नगदफिर्ता योजना अन्र्तगत बैंकको कार्डबाहक महानुभावहरुले नगदफिर्ताको लागि योजना अवधिभर ३ वा सो भन्दा धेरै संख्याको ईकमर्स कारोबार गर्नुपर्ने छ  र कारोबार रकम रु. १०,००० वा सो भन्दा बढि रकम हुनपर्नेछ । यदि कोहि महानुभावहरुको कार्ड अनलाइन कारोबारको लागि दर्ता भएको छैन भने कार्डबाहक महानुभावहरुले बैंकको वेवसाइटमा गई आफै कार्ड अनलाइन कारोबारको लागि दर्ता गर्न सकिने छ अथवा आफुलाई पायक पर्ने बैंकको कुनैपनि शाखा कार्यालयमा गई अनलाइन कारोबारको लागि निशुल्क दर्ता गर्न सकिने बैंकले जनाएको छ ।  

यस नगदफिर्ता योजनाले ग्राहकहरुलाई धेरै फाईदा हुने भएकोले यस योजनामा ग्राहकहरुको उच्च सहभागिता रहने विश्वास बैंकले लिएको छ ।

साथै, यो नगदफिर्ता योजना सिमित अवधिको लागि भएको हुनाले यस नगदफिर्ता योजनामा चाडै सहभागि भई कार्डबाहक महानुभावहरुलाई फाईदा लिन बैंक आव्हान गरेको छ । 

विद्मुतिय कारोबारमा बैंकको ग्राहक महानुभावलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि यस्ता योजनाहरु ल्याई ग्राहक महानुभावहरुलाई लाभाम्वित बनाउन बैंक प्रतिवद्ध रहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै