• २०८१ जेठ ५ शनिबार

राष्ट्रिय विज्ञान दिवसमा चित्रकला र वक्तृत्वकला प्रतियोगिता गरिने

kharibot

प्रतिनिधी तस्वीर

काठमाडौँ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले राष्ट्रिय विज्ञान दिवस तथा विश्व अन्तरिक्ष सप्ताहका अवसरमा राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ । 
    
राष्ट्रिय विज्ञान दिवस आगामी असोज १ गते एवं विश्व अन्तरिक्ष सप्ताह अक्टोबर ४ देखि १० तारेखका लागि आजदेखि आवेदन खुल्ला गरेको छ । विद्यालय तहको कक्षा ६ देखि १२ सम्मका विद्यार्थी लक्षित कार्यक्रममा इच्छुक विद्यार्थीले असोज १, २०७७ सम्म सोसाइटीको वेइभसाइट मार्फत आवेदन दर्ता गर्न सक्ने अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । 

चौथो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताका लागि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिन सक्नेछन् । प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने दोस्रो र तेश्रो हुनेले क्रमशः गिफ्ट ह्याम्पर, पदक तथा प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए ।

दोश्रो राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिन सक्नेछन् । प्रतियोगितामा प्रथम, दोश्रो तथा तेस्रो हुने विद्यार्थीलाई पुरस्कारस्वरुप क्रमशः नगद रु १० हजार, रु पाँच हजार तथा रु तीन हजारका साथै पदक र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । 

दुवै प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीलाई प्रोत्साहन स्वरुप सहभागिताको प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा आवेदन दिनका लागि सोसाइटीको वेभसाइट www.nepalastronomicalsociety.org/spaceweek  बाट फारम भर्न सकिने छ । कार्यक्रम सम्बन्धी थप जानकारी चाहिएमा सोसाइटीको मोबाइल नं. ९८४३७०८२४८ मा सम्पर्क गर्न सकिने अध्यक्ष भट्टराईले सुनाए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै