• २०८१ जेठ ४ शुक्रबार

राष्ट्रिय विज्ञान दिवसको नारा तय

kharibot

काठमाडौँ  । यस वर्षको दशौँ राष्ट्रिय विज्ञान दिवसका लागि ‘विज्ञान र प्रविधिमा लगानीको विस्तारः समुन्नति र समृद्धिको आधार’ नारा तय भएको छ ।

हरेक वर्ष असोज १ गते मनाइने यो दिवसका लागि यस वर्ष पनि उक्त नाराका साथ साताव्यापीरूपमा कार्यक्रम सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयारी गरेको छ ।

सोका लागि मन्त्रालयले प्रदेश र स्थानीय तह तथा सम्बन्धित क्षेत्रमा समन्वय र संयोजन गरिरहेको जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै