• २०८१ जेठ ५ शनिबार

नेबिसंघ र तरुणदल कपिलबस्तुद्धारा एकल बिपन्न महिलालाई राहत प्रदान

kharibot

कपिलबस्तु । नेपाल विद्यार्थी संघ क्षेत्र नं १ कपिलबस्तु र नेपाल तरुणदल कपिलबस्तुले तीजको अवसर पारेर एकल विपन्न महिला हरुलाई राहत प्रदान गरेको छ ।

बिगतका दिनहरुमा पनि अग्नी पिडित, दुखीगरीब , तथा बिपन्न परिवारको घाउमा मलम लगाई सामाजिक कार्यमा अग्रसरता देखाउँदै आएका नेपाली काँग्रेसका यी दुई भातृसंगठनले आफ्नो कर्म नभुलेरै आफ्नो कार्यमा सक्रियताका साथ निरन्तर लागी रहेका छन् ।

बाणगंगा नगरपालिका वडा नं१० पटना स्थित भाउपुरमा रहेका १५ घरपरिवारका अति बिपन्न, दुखी तथा एकल महिलाहरुको  परिवारलाई तिजको अवसर पार्दै राहत स्वरुप २५ किलोका दरले एकएक बोरा चामाल, दाल, नुन, तेल लगाएतका खाद्यसामाग्री प्रदान गरीएको हो ।

राहत प्रदान कार्यक्रममा राहत प्रदान गर्दै प्रमुख अतिथी समेत रहेका नेपाल तरुण दल जिल्लाकार्य समिती कपिलबस्तुका अध्यक्ष शक्ति सिहं ठकुरीले नेपाली महिलाहरुको बिशेष चार्ड हरीतालिका तिजको अवसरमा सम्पूर्णमा शुभकामना ब्यक्त गर्दै आफुहरु सदैव कपिलबस्तु जिल्ला भित्रका दुखी गरीबको दुखमा सहयात्री भएर राहत प्रदानका काम गरीरहेको र भोलिका दिनहरुमा पनि निरन्तर लागिपर्ने बताए ।

त्यस्तै कार्यक्रममा तिजको शुभकामना दिदैँ तरुण क्षेत्रीय सभापति तिलक थापाले समाजमा कुनै किसिमले मानिसमा पर्ने गरेका पिडाहरुलाई आफुले नजिकबाट नियाल्दै त्यस्को समाधानका लागी तत्पर रहेको बताए ।

कार्यक्रममा नेपाल बिधार्थी संघ क्षेत्र नं १ का क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले महान चार्ड हरीतालिका तिजको शुभकामना दिँदै आफुहरुले नितान्त आफ्नै खाजा खर्च कटाएर अति बिपन्न, दुखी तथा एकल महिलाहरुको चार्डपर्वका बेला चुलो बलोस भन्ने उद्धेश्यले राहत प्रदान गरीएको बताए ।

कार्यक्रममा नेताहरु खिम थापा, मुकेश खनाल, कृष्ण पराजुली, राजन आले, राजनक्षत्र थारु, चन्द्रकान्त पाख्रेल(सि.के), प्रबिन पौडेल, शुसिल शिंह ठकुरी, किरन मल्ल, गङ्गा बहादुर छेत्री बिद्यार्थी नेता मिन थापा, अनिल ठकुरी, सागर बि.क, टोल बिकास समितिका अध्यक्ष बुद्ध गौतम, चुन्नु थारु, सत्यनारायण थारु, पत्रकार बसन्त पौडेल  लगायतको उपस्थिती रहेको थियो ।

विश्वभर फैलिएको कारोना भाईरसले मुलुक आक्रान्त भैरहेका बेला जोखीम मोलेरै भएपनि सामाजिक दुरी कायम गर्दै राहत बितरण गरीएको नेपाल बिर्धाथी संघ क्षेत्र नं१ कपिलबस्तु र नेपाल तरुणदल जिल्ला कार्य समिती कपिलबस्तुले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै