• २०८१ जेठ ५ शनिबार

स्थानीयद्वारा बन्न लागेको चिल्ड्रेन पार्क तोडफोड, गाउँपालिकाले धार्मिक आस्थामा चोट पुर्याएको आरोप

kharibot

कपिलवस्तु । शुद्धोधन गाउँपालिका वार्ड नं. ५ मा रहेको धार्मिक स्थल दरवाहामा स्थानीयले बन्दै गरेको चिल्ड्रेन पार्क तोडफोड गरेका छन् ।

परा पूर्वकाल देखि नै स्थानीयले त्यस स्थललाई अन्तेष्टि कर्म सम्पन्न मसानघाटको रूपमा र छठ पर्वमा समेत त्यहाँ आएर पुजा आजा गर्ने गरेको बताइएको छ ।

तर गाउँपालिकाले २०७४ फाल्गुन देखि जनताको धार्मिक आस्थामा आक्रमण गर्दै त्यहाँ रहेका संरचनालाई तोडेर नयाँ आधुनिक चिल्ड्रेन पार्क बनाउने निर्णय गरेपछि स्थानीयले विरोध गर्दै आएका थिए । पटक पटक स्थानीयले विरोध गर्दा पनि गाउँपालिकाका अध्यक्ष लगायत वडा अध्यक्षले बेवास्ता गरेपछि स्थानीय आक्रोशित बनेका बताएका छन् ।

यसैबीच नेपाली काँग्रेस शुद्दोधन गाउँपालिकाले घटनाप्रति ध्यानाकर्षण भएको जनाउदै गाउँपालिकाले स्थानीयको मागलाई वेवास्ता गरेको आरोप लगाएको छ ।  चौतर्फी विरोध भएपछि गाउँपालिकाले वार्ता गर्ने भनेर समिति बनाए पनि वार्ता समितिका संयोजक वास्ता गरेको र गैरजिम्मेवार तरिकाले वार्तालाई लैजान खोजेको आरोप कांग्रेसले लगाएको छ ।

सोही वार्ता चलिरहँदा शुक्रबार दिउँसो स्थानीयले बन्दै गरेका चिल्ड्रेन पार्कका नयाँ संरचना तोडफोड गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै