• २०८१ असार १५ शनिबार

कपिलवस्तुमा चट्याङ लागेर दुई युवकको मृत्यु

kharibot

कपिलवस्तु । हावाहुरी र वर्षासँगै परेको चट्याङ कारण दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यशोधरा गाउँपालिका वडा नं.६ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका वडा नं.१० प्रेमनगरका १८ वर्षीय राजु ठाकुरको मृत्यु भएको हो । 

पानी परेको समयमा घर नजिककैको खेतमा गएका बेला महेश कलवारको चट्याङ्ग परेर घटना स्थलमै मृत्यु भएको थियो । यसैगरी राजु ठाकुरको पनि घर बाहिर खेततर्फ जाँदै गर्दा बाटोमै चट्याङ्ग परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मृतक दुवैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै