• २०८१ बैशाख १५ शनिबार

प्रियंका चोपडा बनिन् काकी, सोफी टर्नरले दिइन् छोरीलाई जन्म 

kharibot

फाइल तस्वीर

काठमाडौँ । प्रियंका चोपडा काकी बनेकी छिन्, उनकी जेठानी तथा “गेम अफ थ्रोन्स” की नायिका सोफी टर्नरले छोरीलाई जन्म दिएकी छिन् ।

बलीवुडको संसारबाट हलीवुड सम्म आफ्नो राम्रो पहिचान बनाएकी प्रियंका चोपडाको घरमा एउटा सानो पाहुनाको आगमन भएको छ ।

जोनास परिवारमा छोरीको जन्मसंगै खुशीको माहोल छाएको छ । साथै  जो जोनास र सोफी टर्नरले आफ्नो छोरीको निकै प्यारो नाम राखेका छन् ।

सोफी टर्नर र जो जोनासले आफ्नो छोरीको नाम विला राखेका छन् ।

जोनास परिवारका कसैले पनि आफ्नो सामाजिक संजालमा यस नयाँ सदस्यको कुनै पोष्ट सार्वजनिक गरेका छैनन् ।

महामारीको कारण सोफी यस विषयमा निकै सतर्क रहेकी छिन् ।

सोफी टर्नर र जो जोनासको सन् २०१७ अक्टोबरमा इन्गेजमेन्ट भएको थियो र पछिल्लो वर्ष उनीहरु विवाह बन्धनमा बाधिएका थिए ।

जो र सोफीको विवाहको फोटो र भिडियो सामाजिक संजालमा निकै भाइरल भएको थियो ।

सोफी टर्नर लोकप्रिय टिभी सिरिज  “गेम अफ थ्रोन्स” मा आफ्नो “सन्सा स्टार्क”को भूमिकाले निकै चर्चित छिन् ।

पछिल्लो पटक उनि फिल्म “एक्स म्यान: डार्क फिनिक्स” मा देखिएकी थिइन् ।

त्यस्तै जो जोनास प्रख्यात  ब्याण्ड जोनास ब्रदर्समा आवद्ध रहेका छन् जसमा उनका दाजुभाई केभिन जोनास र निक जोनास पनि रहेका छन्  ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै