• २०८१ बैशाख ७ शुक्रबार

प्रियंका चोपडाको डिभोर्स हुन लागेको हो ?

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री प्रियंका चोपडाले सामाजिक सञ्जाल इन्सटाग्रामबाट आफ्ना पतिको नाम हटाएपछि उनको डिभोर्स हुनलागेको चर्चा चलेको छ । प्रियंकाले आफ्नो नाममा राखेको जोनस हटाएपछि यस्तो अड्कल भएको हो । 

आफ्ना पति निक जोनसको नाम 'जोनस' आफ्नो नामबाट हटाएपछि प्रियंका र निकको सम्बन्ध राम्रो नभएको अनुमान गरिएको छ । सामाजिक सञ्जाल र मिडियामा प्रियंका र निकको सम्बन्धको बारेमा विभिन्न रिपोर्ट प्रकासित भइरहेका छन् ।

बलिवुडबाट हलिवुडमा समेत राम्रो काम गरिरहेकी प्रियंकाले आफु भन्दा कान्छा निक जोनससँग २०१८ मा विवाह गरेकी थिइन् । विवाह पछि प्रियंकाले आफ्नो नाम प्रियंका चोपडा जोनस राखेकी थिइन् । विवाह पछि नै दुवैको सम्बन्ध राम्रो नभएका मिडिया रिपोर्ट आउदा दुवैले रोमान्टिक तस्वीर सार्बजनिक गरेर मिडिया रिपोर्ट गलत रहेको संकेत गरिरहेका थिए । तर यस पटक प्रियंकाले आफ्नो नामबाट जोनस हटाएपछि दुवै समबन्ध विच्छेद तर्फ त जादै छैनन् भन्ने अड्कलबाजी भइरहेको छ ।

प्रोफेसनल रुपमा प्रियंका अहिले अमेजन प्राइमको वेभ सिरिज सिताडेलमा व्यस्त छिन् भने हलिवुड फिल्म टेक्स्ट फर यू मा आउदै छिन् । त्यस्तै बलिवुड फिल्म जी ले जरा मा पनि उनी आलिया भट्ट र कट्रिना कैफसँग आउदै छिन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै