• २०८१ बैशाख १६ आइतबार

के प्रियंका चोपडाको २००० को मिस वर्ल्ड फिक्स थियो ?

kharibot

काठमाडौँ । अभिनेत्री प्रियंका चोपडाले सन् २००० मा मिस वर्ल्डको उपाधि जितेकी थिइन् । तर अहिले यति वर्षपछि उनको जितमा गम्भीर आरोप लगाइएको छ ।

यो आरोप पूर्व मिस बार्बाडोस लीलानी म्याककेनले लगाएकी हुन् । हालै उनले आफ्नो युट्युब च्यानलमार्फत मिस वर्ल्ड प्रतियोगिता त्यतिबेला ‘फिक्स’ भएको आरोप लगाएकी हुन् । उनले पूरै प्रतियोगितामा प्रियंकालाई विशेष व्यवहार गरिएको समेत दाबि गरेकी छन् ।

लिलानीले भनिन्, ‘मिस वल्र्डमा पनि म यस्तै कुराबाट गुज्रेकी छु । म मिस बार्बाडोस थिएँ र म गएको वर्ष मिस इन्डियाले सो उपाधि जितेकी थिइन् । गत वर्ष पनि मिस इन्डियाले नै जितेकी थिइन् । प्रायोजक पनि जी टिभी, एक भारतीय केबल स्टेशन थियो । उनीहरुले सम्पूर्ण मिस वर्ल्ड नै स्पोन्सर गरेका थिए ।

प्रियंकासँगको अनुग्रहको बारेमा कुरा गर्दै लीलानीले भनिन्, 'प्रियंकाको गाउन अझ राम्रो बनाइएको थियो । उनी एक मात्र प्रतियोगी थिइन् जसलाई सरोङ लगाउन अनुमति दिइएको थियो, जबकि बाँकीलाई थिएन। उनलाई उनकै कोठामा पुर्याइन्थ्यो । उक्त प्रतियोगितामा प्रियंका चोपडालाई कसैले मन पराएनन् तर आयोजकले भने उनलाई सधै अन्यलाई भन्दा राम्रो व्यवहार गरे ।'

लीलानीको यो भिडियो हेरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भिडियोमा टिप्पणी गर्दै आरोप लगाउन २२ वर्ष ढिलो भएको भन्दै प्रश्न सोधेका छन् ।

सन् २००० को मिस वर्ल्ड जितपछि प्रियंकाले हिन्दी फिल्ममा काम गर्न थालिन् र त्यसपछि चाँडै बी-टाउनका चर्चित सेलिब्रेटीहरूमध्ये एक भइन् । उनी बलिवुडदेखि हलिवुडसम्म काममा व्यस्त छिन् । त्यसपछि उनले अमेरिकी गायक निक जोनससँग विवाह गरेकी छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै